logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदी को मूल्य

बढ्यो सुनचाँदी को मूल्य


  • सोमबार, मंसिर १८ २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो ।

    आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँमा भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय