logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सातामा २७ सयले बढ्यो सुनको मूल्य

सातामा २७ सयले बढ्यो सुनको मूल्य


  • शनिबार, मंसिर १६ २०८०

  • काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले यो साताको मूल्य सूची निर्धारण गर्दै गत साताको तुलनामा २७ सय रुपैयाँले बढेर कीर्तिमानी मूल्य कायम भएको जनाएको हो ।

    सातामा २७ सय सुनको मूल्य बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो । यस्तै, मङ्सिर महिना भित्रमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको छ ।

    यस्तै, महासंघले यो साता नेपाली बजारमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको जानकारी गराएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय