logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ


  • शनिबार, मंसिर १६ २०८०

  • जनकपुरधाम । धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।

    धनुषा प्रहरीका अनुसार ठाकुरले आफ्नै श्रीमती ५० वर्षीया रामकाशी देवी ठाकुरलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।

    सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको शरीर तथा घर खानतलासी गर्दा ९ इन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय