logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन

वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन


  • शुक्रबार, मंसिर १५ २०८०

  • काठमाडौँ । वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए थापा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् ।

    उनले खेलाडीको भूमिकामा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका थिए ।उनी सन् १९७१ मा जापानमा यू–१९ एशियन च्याम्पियनसिप खेल्ने टोलीका प्रभावशाली सदस्य थिए ।  थापाले महावीर,एनआरटीलगायतका विभिन्न क्लबबाट पनि फुटबल खेलेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय