logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः आरजु देउवा

हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः आरजु देउवा


  • बिहिबार, मंसिर १४ २०८०

  • काठमाडौँ – नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन्।बिहीबार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्। उननले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरुले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन्।

    उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन्। उनले पार्टीका विभागहरुमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन्।उनले आफूहरु पार्टीका विभागहरु भोट हाल्न मात्रै बसेको हो? भन्दै प्रश्न गरिन्। उनले संविधान नै संशोधन गरेर भए पनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन्। उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताइन्।सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिस्पर्धा गर्ने स्थान हुनुपर्ने उल्लेख गरिन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय