logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ


  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा झापा बुधबारे गाउँपालिका–५ घर भएका ३० वर्षीय सन्तोष तिवारी र बुधवारे गाउँपालिका–३ घर भएका ३९ वर्षीय हरिबहादुर विक छन् ।

    आरोपीहरूको साथबाट करिब ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए । भद्रपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा।प्र ०२–०३–००१ख ५५५० नम्बरको बस चेकजाँच गर्दा आरोपीहरूको साथमा लागु औषध भेटिएको हो । उनीहरुले अन्डरवेयरभित्र ३ वटा पोकामा खैरो हेरोइन लुकाएर ल्याएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय