logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भारतीय गायक विनित सिंह नेपाल आउँदै

भारतीय गायक विनित सिंह नेपाल आउँदै


  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौँ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन् । उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन् । दरबारमार्गस्थत क्लब प्लाटिनममा आगामी डिसेम्बर २ ९मङ्सिर १६ गते० शनिवार आयोजना हुने ‘विनिथ सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो चर्चित गीत सङ्गीत राख्नेछन् ।

    विनीत बलिउडमा दर्जनौँ भन्दा बढी गीत सङ्गीत गाएर चर्चामा छन् । २००३ देखि हालसम्म उनको गति युवा पुस्ताले धेरै रुचाउँदै आएका छन् । एल एन्ड एन मोडेल एजेन्सीको आयोजना रहेको कार्यक्रमले साङ्गीतिक मनोरञ्जन दिलाउनुको अलावा नेपालमा पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रमको टिकट एभेन्टोज नेपालले जिम्मा लिएको छ ।
    कार्यक्रमको सिलसिलामा तीन दिन नेपाल बस्ने बिनितको नेपाल बसाइको क्रममा पशुपतिनाथ दर्शन, नेपाली खानाको स्वाद लिने र पर्यटकीय स्थलको भ्रमण गर्ने  समेत कार्यक्रम रहेको आयोजक संस्थापक एल एन्ड एन मोडेल एजेन्सीका सानु खानले जानकारी दिए ।

    विनितले कार्यक्रममा ‘तेरा प्यार प्यार  हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुडी’ जस्ता गीत गाउने एल एन्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए ।

    बिनितको कार्यक्रमले नेपालको अर्थतन्त्रलाई केही टेवा पुग्ने  विश्वास आयोजकको रहेको छ । कार्यक्रममा बिनितको अलावा नेपालका चर्चित गायक गायिकाको समेत प्रस्तुति रहने क्लब प्लाटिनमका सञ्चालक डेभिडसिंह राजपूतले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय