काठमाडौं- मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र बचाऔं’ महाअभियानमा आवद्ध धर्म गुरु परिवारले सोमबार गौशलामा प्रदर्शन गरेको छ।धर्म गुरु परिवारको प्रदर्शन र नारावाजीका कारण यतिबेला राजधानी काठमाडौंको गौशलास्थित सडकमा सवारी आवत-जावतमा समस्या भएको छ।बाक्लो संख्यामा भीड जम्म हुँदा सवारी साधान दोहोरो रुपमा चल्न सकेका छैनन्।
मेडिकल व्यावसायी प्रसाईंले यही मंसिर गतेदेखि ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाऔं’ महाअभियानको थालनी गरेका गरेका हुन्। त्यसयता सरकारको ‘आंशिक नजरबन्द’का बाबजुद पनि उनी र उनका समर्थकले विभिन्न किसिमका आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन्।प्रसाईंले आन्दोलन सुरु गर्दाको दिन अर्थात् कार्तिका ७ गते नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन कार्यक्रम गरेको थियो।


