logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

धारिलो हतियार प्रहार गरी छोराद्वारा बाबुको हत्या

धारिलो हतियार प्रहार गरी छोराद्वारा बाबुको हत्या


  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौँ ।  झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । सोमबार बिहानै धारिलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका हुन् ।

    बिहान ६:३० बजेको समयमा कमल ४ बस्ने अन्दाजी ४५-५० वर्षका भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी वर्ष २३ का आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    हत्या गरी फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल वडा नं ४ दुध डेरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय