logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चार महिनामा नेपाली खाए १२ अर्बको आयातित तरकारी

चार महिनामा नेपाली खाए १२ अर्बको आयातित तरकारी


  • आइतबार, मंसिर १० २०८०

  • काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।

    विभागका अनुसार चार महिनामा नेपालले ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा  ४२ करोड ८९ लाख रुपैयाँको मात्रै नेपालबाट निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँको तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ । चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले उल्लेख गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय