काठमाडौँ । स्थानीय प्रशासनले दुर्गा प्रसाईं र उनका समर्थकलाईं तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिईं तीनकुनेमा प्रदर्शन गर्न जम्मा भएका प्रसाईंका समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जना पक्राउ परेका छन् ।
स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन ।
प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् ।