logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका छः प्रधानमन्त्री दाहाल

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका छः प्रधानमन्त्री दाहाल


  • बिहिबार, मंसिर ७ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले दिगो आर्थिक विकास र निर्माणको लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताए । उनले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको बताए ।

    उनले सरकार दिगो पूर्वाधारको प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताएका हुन्। दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

    प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको बताएका हुन् । उनले दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय