logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ


  • मंगलबार, मंसिर ५ २०८०

  • बर्दिया । बर्दियामा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय