logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्काईभेटरमा आगलागी हुँदा एक करोडको क्षति

स्काईभेटरमा आगलागी हुँदा एक करोडको क्षति


  • आइतबार, मंसिर ३ २०८०

  • सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-५ लिखु बस्ने प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काईभेटरमा गएराति आगलागी हुँदा स्काईभेटर पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको स्काईभेटर भाडामा लिई सोही गाउँपालिका-४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै गरेकोमा हाल ७/८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय