logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

छठ एकता र सद्भावको पर्व: मुख्यमन्त्री पाण्डे

छठ एकता र सद्भावको पर्व: मुख्यमन्त्री पाण्डे


  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन्।
    छठ पर्वका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान विभेद र विसंगतिलाई अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

    छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक एकतालाई कायम गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु’, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।उनले भूगोल र क्षेत्रफलका हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व र सभ्यताका दृष्टिले नेपाल विश्वमै वैभवशाली रहेको उल्लेख गरेका छन्।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय