logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बलिउड गीतकार समीर अञ्जान भन्छन्- अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु

बलिउड गीतकार समीर अञ्जान भन्छन्- अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु


  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं। बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ।
    काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो।
    समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन्। विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन्।
    कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताए। उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए।
    उनले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिवद्धता जनाए।
    कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समीर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए।

    गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय