logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री दाहालको निर्देशन

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री दाहालको निर्देशन


  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
    रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
    कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए।
    प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे। रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुगेका हुन्।
    यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन्। प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय