logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापामा झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिए

झापामा झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिए


  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं ।छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल ९घाट० निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई  सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए ।

    छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताए ।
    रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ । विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए ।

    ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ”, । छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ । यहाँ ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय