logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नौगाड गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना, चालक गम्भीर घाइते

नौगाड गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना, चालक गम्भीर घाइते


  • बिहिबार, कार्तिक ३० २०८०

  • दार्चुला ।  नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको  छ ।

    नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय