logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य

नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य


  • बिहिबार, कार्तिक ३० २०८०

  • काठमाडौं । ४ देश सम्मलित महिला टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ५७ रनको लक्ष्य दिएको छ। बिहीबारको खेलमा सुरुवातदेखि नै कमजोर प्रदर्शन गरेको नेपाल ५६ रनमा समेटिएको हो।

    नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन्। उनले ३० बल खेलेकी थिइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। सीता रानामगरले ९, रोमा थापाले नटआउट ७, पूजा महतोले ४, संगीता राईले २ रन जोडे।

    त्यस्तै, सम्झना खड्का, बिन्दु रावल र कञ्चन श्रेष्ठले समान १ रन जोडेका थिए। काजल श्रेष्ठ, इन्दु बर्मा तथा अस्मिना कर्माचार्यले रन जोड्न सकेनन

    २० ओभरको खेलमा नेपाल १८ ओभरमै अलआउट भएको हो। नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय