logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति

कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति


  • बिहिबार, कार्तिक ३० २०८०

  • सिरहा । गोलबजार नगरपालिका-६ राधाकृष्ण मन्दिर टोल बस्ने ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

    बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय