logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सलमान खानको ‘टाइगर ३’ले तीन दिनमा कमायो १४४ करोड ५० लाख भारू

सलमान खानको ‘टाइगर ३’ले तीन दिनमा कमायो १४४ करोड ५० लाख भारू


  • बिहिबार, कार्तिक ३० २०८०

  • काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ ले घरेलु बक्स अफिसमा तीन दिनमा १४४ करोड ५० लाख भारू कमाएको छ। नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो। दोस्रो दिन ५८ करोड कमाएको फिल्मले तेस्रो दिन ४३ करोड ५० लाख भारू कमाएको हो।

    ‘टाइगर ३’ ले तमिल र तेलुगु संस्करणमा पहिलो दिन १ करोड ५० लाख, दोस्रो दिन १ करोड २५ लाख र तेस्रो दिन १ करोड २५ लाख भारू कमाएको छ।

    आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय