logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नु पर्छ: काँग्रेस सहमहामन्त्री आङ्दम्बे

सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नु पर्छ: काँग्रेस सहमहामन्त्री आङ्दम्बे


  • मंगलबार, कार्तिक २८ २०८०

  • काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन् ।

    मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आङ्दम्बेले नियमन गर्ने निकायलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा टिकटकमाथिको प्रतिवन्ध स्वीकार्य हुन नसक्ने बताए ।

    उनले भने, ‘आज अफ्ठ्याराको बेलामा हामीले काम कुरा एकातिर गरेका छौँ । आज सरकारबाट गरिएका केही निर्णयहरु आलोचित भएका पनि छन् । पछिल्लो पटक टिकटकसँग सम्बन्धित यो क्रियाकलापहरु । यसलाई नियमन गर्ने विशेष व्यवस्था गर्नुपर्दथ्यो । फेसबुक र ट्विटरमा सामाजिक सञ्जालहरुलाई बिरोध गर्नेहरुलाई जवाफदेहीता गराउनका निम्ति, त्यसको उत्तरदायित्वबोध गराउनका निम्ति, कानूनी तहमा जान सकिन्छ । नियमन गर्ने निकायलाई सशक्त रुपमा अघि बढाउन सकिन्छ । आज यस्तो अफ्ठ्यारो परेको बेलामा हाम्रा दृष्टिकोण, हाम्रो सोच अर्जुनदृष्टि भएर भुगोलमा छरिनुपर्ने बेलामा आज फेरि विचार छरपस्टिएको छ । सरकार र गठबन्धनकाप्रति औंलो ठडिने अवस्था देखिएको छ । मन्त्रीमण्डलले गरेको निर्णय एउटा होला तर प्रधानमन्त्रीज्यु हुनुहुन्छ, आफ्नो सोच सार्वजनिक गरेर यसमा पुनःविचार गर्नैपर्छ । र यसलाई खारेजी गर्नैपर्छ । कानूनी रुपमा नियमन गर्ने पाटो सशक्त रुपमा अघि बढाउनु त्यसमा गठबन्धन सदैव साथमा रहन्छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय