logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

दलाई लामाको उत्तराधिकारी आफनो देशका ब्यक्ति चयन हुनुपर्ने चीनको भनाई

दलाई लामाको उत्तराधिकारी आफनो देशका ब्यक्ति चयन हुनुपर्ने चीनको भनाई


  • शनिबार, कार्तिक २५ २०८०

  • अरुणाञ्चल । तिब्बती धर्मगुरु दलाई लामाको चयनका बारेमा चीनले फेरि एकपटक मुख फोरेको छ ।

    शुक्रबार (नोभेम्बर १०) चीनले वर्तमान ८८ वर्षीय दलाई लामाको उत्तराधिकारी चीनको सीमाभित्रबाट छान्नुपर्ने र यसका लागि चीनको अनुमति लिनुपर्ने बताएको छ ।

     चीन सरकारले श्वेतपत्रमा दलाई लामा र पञ्चेन रिन्पोछेलगायत तिब्बतमा बस्ने सबै अवतारी बुद्धले चीनको सीमाभित्रबाट उत्तराधिकारी खोज्नुपर्ने बताएको हो। परम्पराअनुसार सुनको कलशबाट चिठ्ठा निकालेर निर्णय लिइने र यसअघि चिनियाँ सरकारको अनुमति अनिवार्य गर्नु पर्नेछ ।

    चीनले आफ्नो श्वेतपत्रमा भारतको सिमानामा निर्माण भएका पूर्वाधारलाई उल्लेख गर्दै नेपाल हुँदै रेल र सडक सञ्जालसँगै तिब्बत दक्षिण एसियाको प्रवेशद्वार बन्न लागेको बताएको छ । चीनले तिब्बत भनेको भारतको अरुणाचल प्रदेश हो। चीनले तिब्बतलाई शिजाङ भन्छ।

     तिब्बती धर्मगुरु दलाई लामालाई पनि चीनले आफ्नै तहबाट निर्वाचित गरेको हो । यद्यपि, बौद्ध सम्प्रदायमा उनको स्वीकृति व्यापक छैन। हालको पञ्चेन लामाले तिब्बतमा व्यापक स्वीकृति पाएका छैनन्। उहाँ नम्बर–२ आध्यात्मिक नेता हुनुहुन्छ, जसलाई चीनले दलाई लामाको मनोनीत उत्तराधिकारीलाई हटाएर नियुक्त गरेको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय