logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सप्तरीबाट पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

सप्तरीबाट पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ


  • बुधबार, कार्तिक २२ २०८०

  • सप्तरी। सप्तरी खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय