logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

जुवातास खेलिरहेका १३ जना पक्राउ

जुवातास खेलिरहेका १३ जना पक्राउ


  • सोमबार, कार्तिक २० २०८०

  • काठमाडौँ ।कैलाली र बाँकेबाट जुवातास खेलिरहेका १३ जना पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका(३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका(१ घर भएका ३५ वर्षीय हेमराज अवस्थी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।

    यता बाँकेको नेपालगन्ज उपमहानगरपालिका(१० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय