logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘सिंघम अगेनमा’

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘सिंघम अगेनमा’


  • सोमबार, कार्तिक २० २०८०

  • काठमाडौं, बलिउड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ को चर्चा यतिबेला उच्च छ । रोहित शेट्टीको निर्देशन रहेको फिल्म सिंघम फ्रेन्चाइजीको तेस्रो फिल्म हो ।

    यो फिल्ममा अजय देवगनको मुख्य भूमिका रहेको छ । यसअघि नै यो फिल्मका अन्य ठुला स्टार काष्टको नाम घोषणा भइसकेको छ । अब यो फ्रेन्चाइजीमा अर्का ठुला अभिनेता पनि प्रवेश गर्दैछन् ।

    ती स्टार अरु कोही नभएर अक्षय कुमार हुन् । फिल्ममा अक्षयकुमार एटीएस चीप वीर सूर्यवंशीका रूपमा देखिनेछन् । आइतबार रोहित शेट्टीले फिल्ममा खेल्न लागेका पात्रको लुक शेयर गरेका थिए । सो लुकमा उनी हेभी–ड्युटी एक्सन सिनको बीचमा हेलिकप्टरबाट हाम फालिरहेको देखाइएको छ ।

    ‘सिंघम अगेनमा हामीले त्यही गरिरहेका छौँ, जुन हाम्रा फ्यान चाहन्थे।।।।।।अक्षयकुमार अनि हेलिकप्टर १’ पोस्ट शेयर गर्दै शेट्टीले लेखेका छन् । सिंघम अगेनमा सूर्यवंशीलाई हेर्न तयार हो त रु भन्दै शेट्टीले पोष्टमा फ्यानहरूलाई प्रश्न पनि गरेका थिए ।

    सिंघम अगेनमा अक्षय देवगनबाहेक रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्रफको साथमा करिना कपुर पनि छिन् । फिल्म भ्रष्टाचार, आतकंवाद र महिलासँग सम्बन्धित मामिलामा केन्द्रित रहने अनुमान गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय