logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एक्सले ल्यायो एआई च्याट टूल

एक्सले ल्यायो एआई च्याट टूल


  • आइतबार, कार्तिक १९ २०८०

  • क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै यसमा पहुँच दिइनेछ । यो टूल अहिले बेटा परीक्षणमा भएको बताइएको छ । 

    के हो एक्सको ग्रोक ?

    यो टूल पनि गुगल बार्ड र च्याटजीपीटी जस्तै कुराकानी गर्न मिल्ने एआई टूल हो । ग्रोक चाँहि एक्सको पहिलो एआई च्याट टूल हो । यसबाट एक्समा शेयर गरिएका जानकारीहरुलाई रियल टाइममा पहुँच बनाउन सकिने छ भने यसले प्रयोगकर्ताहरुले सोधेको प्रश्नको उत्तर पनि दिन सक्नेछ । 

    यो टूलले व्यंग्य पनि मन पराउने बताइएको छ । यसले प्रयोगकर्ताहरुले सोधेको प्रश्नको निकै सटीक तरिकाले जवाफ दिन सक्ने मस्कको भनाइ छ । तर यसले केही जवाफ भने दिने छैन । ‘जस्तै तपाईले लागू औषध बनाउने तरिका सोध्नु भयो भने यसले जवाफ दिन अस्वीकार गर्नेछ,’ यसको उदाहरणमा मस्कले भनेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय