logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

चक्र बमसहित ९ कलाकार धरौटीमा छुटे

चक्र बमसहित ९ कलाकार धरौटीमा छुटे


  • बिहिबार, कार्तिक १६ २०८०

  • काठमाडौँ । जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको हो ।

    महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट ९गम्भीर०, गणेश विष्ट ९गजित० रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।

    तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा छुटेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय