logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा


  • बिहिबार, कार्तिक १६ २०८०

  • काठमाडौं, काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ । 

    समूह उपविजेता बनेको नेपाललाई फाइनलमा पुर्‍याउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । 

    कांग्रेस नेतासमेत रहेका विकास ठाकुरले शुक्रबार हुने युएईसँगको सेमिफाइनलमा नेपाललाई जिताउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् । 

    ‘आईसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत भोलि हुने सेमिफाइनल म्याचमा नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई मेरो व्यक्तिगत तर्फबाट जनही ५०/५० हजार नगद पुरस्कार दिने घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख छ । 

     

    शुक्रबार बिहान मुलपानीस्थित क्रिकेट मैदानमा फाइनल यात्राका लागि नेपाल र युएईबीच खेल हुँदै छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय