logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य


  • बुधबार, कार्तिक १५ २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० र सोमबार तोलामा ५०० रुपैयाँले नै मूल्य घटेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार १४ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय