logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

५०० रुपैयाँले घट्यो सुन भाउ

५०० रुपैयाँले घट्यो सुन भाउ


  • सोमबार, कार्तिक १३ २०८०

  • काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ । 

    अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय