logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बारा बस दुर्घटना: एक जनाको मृत्यु, ११ घाइते

बारा बस दुर्घटना: एक जनाको मृत्यु, ११ घाइते


  • आइतबार, कार्तिक १२ २०८०

  • बारा । बाराको जीतपुर सिमरा उपमहानगर वडा नं २ स्थित सिमरा चोकमा भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य ११ जना घाइते भएका छन् ।

    भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    घाइतेहरूको भने हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलिनसकेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय