logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए

गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए


  • बुधबार, कार्तिक ८ २०८०

  • काठमाडौं। चीनको बेइजिङबाट छेन्दु हुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् ।

    १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको छ। तर चिकित्सकले अझै केही दिन आराम गर्न सुझाएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय