logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नायक धिरेन शाक्यको ‘यो मिठो माया’ बोलको नयाँ गित सार्वजनिक

नायक धिरेन शाक्यको ‘यो मिठो माया’ बोलको नयाँ गित सार्वजनिक


  • आइतबार, कार्तिक ५ २०८०

  • नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया ‘ सार्वजनिक भएको छ । नायक शाक्यले सैयौंको संख्यामा नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

    ‘मन मनै त हो’ बोलको म्यूजिक भिडियोबाट डेब्यु गरेकी अमिकाले पनि बेलायतमा बसेर नेपाली गीत संगीतलाई माया गर्दै विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

    बेलायतको डोबर तथा केन्टको आसपासमा छयांकन गरिएको रोमाञ्चक म्यूजिक भिडियोमा बेलायत निवासी प्रभु गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

    उनको निर्देशनमा दर्जनौं नेपाली म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्। गीतमा नन्दु गुरुङले आवाज दिएका छन् भने देव गुरुङले संगीत तथा रामप्रसाद गुरुङको रहेको शब्द सृजना रहेको छ ।

    यसैगरी गीतको म्यूजिक भिडियोमा सुमन श्रेष्ठको छयांकन तथा सम्पादन रहेको छ भने मेकअपमा पुष्पा गुरुङ रहेकी छन् । म्यूजिक भिडियोलाई पीपीएन प्रोडक्सनको युट्युब च्यानाम्मार्फत सार्वजनिक गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय