logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग


  • शनिबार, कार्तिक ४ २०८०

  • लण्डन, ४ कार्तिक । बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्। 

     

    लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैंया शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ ।

     

    बेलायतबाट संचालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्वसको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् ।  यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन् ।

     

    लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ ।

     

    संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय