logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

फिल्म  ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने आकलन

फिल्म  ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने आकलन


  • शुक्रबार, कार्तिक ३ २०८०

  •  भोली शनिबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को आक्रामक बुकिङसँगै घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । 

    फिल्मको एडभान्स टिकट बुकिङमा दर्शकको अनपेक्षित आकर्षण देखिएको हो ।  हरेक हलमा फिल्मको बुकिङ आक्रामक भइरहेको छ ।  दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई  देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेसनमा ६५ शो बाँडेको छ । क्यूएफएक्सले काठमाडौँ उपत्यकामा ३० शोज उपलब्ध गराएको छ भने, उपत्यका बाहिर ३५ शो दिएको छ ।

    यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेसनमा १५ शो उपलब्ध गराएको छ । यसैगरी, वान सिनेमाजले दुई स्टेसनमा १३ शो, बिग मुभिजले ८ शो,  विएसआर मुभिजले ६, एफक्यूबले ९ शोज दिएका छन् ।

    फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय