logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जनरल वार्डमा सारियो

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जनरल वार्डमा सारियो


  • शुक्रबार, कार्तिक ३ २०८०

  • चीन । चीन भ्रमणको क्रममा हृदयाघात भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो ।

    राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो । अचानक बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको थियो । राजदूत श्रेष्ठले भने, नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय