logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ


  • बुधबार, कार्तिक १ २०८०

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ । 

    एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो । 

    उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय