logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

झलनाथ पछि उपप्रधानमन्त्री श्रेष्ठ पनि चीन जाँदै

झलनाथ पछि उपप्रधानमन्त्री श्रेष्ठ पनि चीन जाँदै


  • सोमबार, असोज २९ २०८०

  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् । 

    उत्तरी छिमेकी चीनद्धारा आयोजित  ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा  सहभागीता जनाउन उनी चीन प्रस्थान गर्न लागेका हुन ।

     आज अपरान्ह १२ बजेर मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नेछन । गए राती नेकपा समाजवादीका सम्मानित नेता झलना खनाल पनि चीन प्रस्थान गरेका थिए । 

     
    बिआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन् । 

    चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेको उनको सचिवालयले जनाएको छ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय