logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोशी कांग्रेसमा गडबड जारी, दलका नेताले दिए राजिनामा

कोशी कांग्रेसमा गडबड जारी, दलका नेताले दिए राजिनामा


  • शनिबार, असोज २७ २०८०

  • बिराटनगर, २७ असोज । कोशीमा नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि कांग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । 

     

    नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोशी कांग्रेसका संसदीय दलका नेताले राजिनामा दिएका छन् । 

    नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुबैपटक बर्खास्त गरेको थियो ।  

     

    सत्ता गठबन्धनको निर्णय विपरीत आफनै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफनो पदबाट राजीनामा दिएको जनाईएको छ ।

    प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय