logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु


  • शुक्रबार, असोज २६ २०८०

  • काठमाडौं, २६ असोज । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ । 

     

    कोशी प्रदेश सरकार गठन प्रकियाले निम्ताएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।

    कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि कांग्रेस भित्रको संकट प्रकट रुपमा नै देखिएको छ ।  

    धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाईएको बैठकले हिजाेबाट कांग्रेस भित्र कोशी प्रदेशमा भएको बिद्रोहका बारेमा आवाश्यक निर्णय लिनेछ । साँझ ५ बजेसम्ममा निर्णय लिनु पर्ने भएकाले सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । 
     
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय