logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • शुक्रबार, असोज २६ २०८०

  • काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय