logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुखको आग्रह

इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुखको आग्रह


  • बुधबार, असोज २४ २०८०

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन्। सभामुख घिमिरे आज जारी गरेको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गरेका हुन्।

    शोक वक्तव्यमा भनिएको छ, “सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोहीबमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गर्दछु ।”


    सम्बन्धित समाचार थप

    लोकप्रिय