logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अक्टोवर ११ मा ‘एनआरएनए डे’ मनाउने तयारी

अक्टोवर ११ मा ‘एनआरएनए डे’ मनाउने तयारी


  • मंगलबार, असोज २३ २०८०

  • लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले परम्परागत रुपमा भोलि  बुधवार (अक्टोवर ११) तारिखमा पुजापाठ गरेर सो दिवस बनाउने तयारी गरेको हो । 

    संघका अनुसार बुधबार बिहान ७ देखि ८.३० बजे सम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने छन् । यस्तै विहान ९.१५ देखि १०.३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमतय गरिएको छ। 

    यस्तै दिउंसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारण्सभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडिहरुको सम्मानमा एक कार्यक्रमको आयोजना  गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।  

    गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा सुरु हुने छ । सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । 

     संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिकतय गरिएको छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय