logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन, ११ जना पक्राउ

राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन, ११ जना पक्राउ


  • सोमबार, असोज २२ २०८०

  • काठमाडौँ । राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने ११ जना पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजले सोमबार गरेकाे प्रदर्शनको क्रममा ११ जना पक्राउ परेका हुन्। राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको हो ।

    पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, उत्तम पुडासैनी, रेनुका पौडेल, किरण ढकाल, चन्द्रमणी बञ्जारा, दिवाकर पुडासैनी, भगवान पुडासैनी, रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनी रहेका छन्।उनिहरूलाई गिरफ्तार गरी प्रहरी वृत्त महाराजगञ्जमामा राखेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय