logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

इजरायलमा रहेका नेपालीहरुकाे उद्धार गर्ने काममा ढिलाइ नगर्न सरकारसँग एमालेकाे आग्रह

इजरायलमा रहेका नेपालीहरुकाे उद्धार गर्ने काममा ढिलाइ नगर्न सरकारसँग एमालेकाे आग्रह


  • आइतबार, असोज २१ २०८०

  • काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उनले आग्रह गरेको हुन् ।

    विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो । प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाइते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने समेत बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय