लमजुङ । आफ्नै छोरासँग दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा छोराले खुकुरी प्रहार गरेर घाइतेका लमजुङकाे क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको मृत्यु भएको छ ।
असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
छोरा २८ वर्षीय सुजन बिकले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।