काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउँदै उक्त लगानी व्यवस्थापन सेवा भन उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरूलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ ।
यो योजनाको विशेषता निम्नअनुसार छन् जस्तै : न्यूनतम लगानीः ५० लाख,न्यूनतम लगानी अवधिः ३ वर्ष, ह्र्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : १ प्रतिशत, मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत रहेको छन् ।
विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरूलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरूमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरूको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।