रौतहट । रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।
प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।